सिभुवामा राष्ट्रिय कलाकारको साथ हिलेजात्रा हुने

संखुवासभाको पाँचखपन नगरपालिका ३ सिभुवा बजारमा हिलेजात्राको अवसरमा सांगितिक कार्यक्रम हुने भएको छ । भदौ ५ गते हिलेजात्राको अवसरमा राष्ट्रिय कलाकारको साथमा कार्यक्रम हुने भएको आयोजकले जनाएको छ ।

हिलेजात्रामा राष्ट्रिय कलाकार दिपेन्द्र राई, सुनिता साम्योक लिम्बु साथै संखुवासभा आइडलका विजेता आवाज शेर्पाको बेजोड प्रस्तुति रहने छ । सांगितिक कार्यक्रमका साथै हिलेजात्रा विशेष कार्यक्रम रहने सिभुवा लाखेजात्रा समितिले जनाएको छ । नेवार समुदायको पुरानो बसोबास रहेको सिभुवा लाखे नाचले समेत प्रख्यात छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search