गठ्ठाघर दुर्घटनाका मृतकको परिचय खुल्न बाँकी

काठमाडौँ । भक्तपुरको गठ्ठाघरमा आज ना ६ ख २१७३ नम्बरको ट्रकले ट्राफिक जाँचमा रहेको बा ३९ प ८९४४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएकी स्कुटर चालकको परिचय खुल्न बाँकी रहेको छ।

प्रहरीका अनुसार मृत्यु हुनेमा दोलखाको मेलुङ(४ घर भई हाल काठमाडौँको बागबजार बस्ने २३ वर्षकी सुष्मा नेपाली रहेकी काठमाडौँ उपत्यका प्रहरी कार्यालयले जानकारी दिएको थियो। अहिले नेपाली आफैँ प्रहरीको सम्पर्कमा आएकी भक्तपुरका प्रहरी प्रवक्ता डिएसपी राजन कार्कीले जानकारी दिएका छन्

ट्रक चालक भने फरार भएका छन्।

प्रत्यक्षदर्शीका अनुसार कौशलटारबाट गठ्ठाघरतर्फ गइरहेको ट्रकले ट्राफिक जाँचमा रोकिराखेको स्कुटरलाई ठक्क दिँदा स्कुटर चालकको घटनास्थलमै मृत्यु भएको हो।

तीव्र गतिको ट्रकले करिब एक सय मिटर परसम्म स्कुटरलाई घिसारेको प्रत्यक्षदर्शीले बताएका छन्। स्कुटर चालकको शरीर क्षतविक्षत भएको छ। घटनास्थलमा उनको झोला र किताब–कापी भेटिएका छन्।

दुर्घटनापछि आक्रोशित भीडले ट्रकमा तोडफोड गरेका छन्। स्थानीय आन्दोलित भएपछि भक्तपुर–कोटेश्वर सडकखण्ड र सानोठिमी–जडीबुटी–पेप्सीकोला सडकमा यातायात ठप्प भएको प्रहरीले जनाएको छ।

अहिले शव उठाइएको छ भने ट्रकलाई पनि घटनास्थलबाट बाहिर निकालिएको छ। आक्रोशित भीडले नजिकैको ट्राफिक आइल्याण्डमा पनि क्षति पुर्‍याएको छ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search