थामे बाढी अपडेट : करिब २० घर पुरिएको आशंका

सोलुखुम्बु जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिका– ४ थामेगाउँमा गएको हिमपहिरोले करिब २० घरमा क्षति पुर्‍याएको छ । शुक्रबार दिउँसो १ बजेर ४५ मिनेटको समयमा हिमपहिरो जाँदा दुधकोशी नदीमा भीषण बाढी आएको छ ।

हिमपहिरो गएको खबर प्राप्त हुनासाथ नेपाली सेनाको उद्धार टोली परिचालित भई प्रभावित इलाकाबाट ६ जनाको उद्धार कार्य गरेको थियो । नेपाली सेनाका अनुसार हालसम्म कुनै पनि मानवीय क्षतिको विवरण प्राप्त भएको छैन ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search