काभ्रे । सुक्खा पहिरो जाँदा आज बिहानदेखि अवरुद्ध अरनिको राजमार्ग खुलेको छ । राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–८ मा पहिरो खस्दा आजबिहान छ बजेदेखि सडक अवरुद्ध भएको थियो । प्रहरी चौकी पाँचखालका प्रमुख वरिष्ठ प्रहरी नायव निरीक्षक विष्णु फुँयालले पहिरो पन्छाएर सडक खुलाएको बताउनुभयो ।
सडक अवरुद्ध हुँदा दुवैतर्फ सयौँ गाडी रोकिएका थिए । साना गाडीलाई वैकल्पिक सडकबाट पठाइएको थियो । राजमार्गको जिरोकिलो–दोलालघाट सडकखण्डमा यसअघि पनि पटक–पटक पहिरो खस्दा सडक अवरुद्ध हुँदै आएको थियो ।