एन्फा महिला लिग फुटबलमा आजदेखि दोस्रो चरणको खेल शुरू हुँदै

काठमाण्डौ । एन्फा महिला लिग फुटबलमा आजदेखि दोस्रो चरणका खेलहरु शुरू हुँदैछन् । आज दुईवटा खेल हुँदैछ । पहिलो खेलमा बाग्मती युथ क्लब र कोशी प्रदेश खेल्दैछन् । यो खेल एन्फा कम्प्लेक्स सातदोबाटो ललितपुरमा दिउँसो साढे १२ बजे शुरू हुनेछ ।

यस्तै आजको दोस्रो खेलमा स्याङ्जाको वालिङ नगरपालिका र कर्णाली प्रदेश खेल्दैछन् । यो खेल दिउँसो सवा ४ बजे एन्फा कम्प्लेक्समै शुरू हुनेछ । अखिल नेपाल फुटबल सङ्घ ९एन्फा० को आयोजना भएको लिगमा १० वटा टोली सहभागी छन् । यसअघि हिजोको खेलमा त्रिभुवन आर्मी क्लबले सङ्कटा क्लबलाई हराएको थियो ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search