पलेसालाई पाँच लाखसहित कांग्रेसको सम्मान

पेरिसमा हालै सम्पन्न पारा ओलम्पिक खेलकुदमा नेपाललाई ऐतिहासिक कांस्य पदक दिलाएकी तेक्वान्दोकी पलेसा गोवर्द्धनलाई कांग्रेसले सम्मान गरेको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा एक विशेष सम्मान आयोजना गरेर कांग्रेसले पलेसालाई सम्मान गरेको हो।

कार्यक्रममा कांग्रेस सभापति शेरबहादुर देउवाले नगद पाँच लाख रुपैयाँसहित सम्मान गरे। सोही कार्यक्रममा पलेसाका प्रशिक्षक कविराज नेगी लामा एक लाख पचास हजार रुपैयाँसहित सम्मानित भए। कार्यक्रममा कांग्रेस उपसभापति पूर्णबहादुर खड्कालगायत नेता सहभागी थिए।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search