रास्वपाको सचिवालय बैठक बस्दै

काठमाडौं । राषट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०को सचिवालय बैठक बस्दैछ ।

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा साढे १० बजेपछि बैठक बस्ने रास्वपाले जनाएको छ । उपसभामुख इन्दिरा रानामगरमाथि उठेको प्रश्नलगायतका विषयमा छलफल गर्न बैठक बस्न लागेको हो ।

यसका साथै बैठकमा असोज १ र २ गते हुने राष्ट्रिय भेला, सात प्रदेशमा सकिएको प्रदेश भेलाको समीक्षालगायतका विषयमा पनि छलफल हुने सहप्रवक्ता प्रतिभा रावलले जानकारी दिइन् ।

उपसभामुख रानाले आफ्नो लेटरहेड प्रयोग गरी असम्बन्धित मानिसलाई भिसाको लागि अन्तर्वार्ताको मिति मिलाइदिन अमेरिकी दूतावासलाई पत्र लेखेको विषयले विवाद सिर्जना भएको छ ।  प्रतिनिधि सभा बैठकमा यस विषयमा एमाले(कांग्रेसका सांसदहरूले पटक(पटक प्रश्न उठाउने गरेका छन् ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search