खाँदबारी । संखुवासभाको खाँदबारीमा बाल दिवसको अवसरमा नगर स्तरीय बाल क्लब वक्तृत्वकला प्रतियोगिता हुने भएको छ । मकालु त्रिशक्ति समूह (माट्स नेपाल) को आयोजनामा खाँदबारी नगरपालिका भित्रका बाल क्लवहरुबिच प्रतियोगिता गराउन लागिएको माट्स नेपालका कार्यालय सचिव सुजन अधिकारीले बताउनु भयो ।
“बालबालिकामा लगानी : सुनिश्चित भविष्यको थालनी” भन्ने मुल नाराकासाथ हुने प्रतियोगिताको खाँदबारी नगरपालिकाले प्रायोजन गरेको हो । उक्त प्रतियोगिता भाद्र २९ गते खाँदबारी नगरपालिकाको सभा हलमा हुनेछ । उक्त प्रतियोगितामा नगर भित्रका बाल क्लवहरुबाट एक/एक जना सहभागि हुन पाउनेछन् ।
प्रतियोगीहरुले बालमैत्री स्थानीय शासनमा बालबालिकाको भुमिका शिर्षकमा प्रस्तुति गर्नुपर्नेछ । प्रतियोगिता बिहान ११ बजेबाट सुरु हुनेछ । सहभागीहरुले २८ भाद्र बेलुकी ५ बजेसम्म नाम उपलब्ध गराई सक्नु पर्नेछ ।
प्रतियोगितामा प्रथम हुनेले ३ हजार, द्धितीयले २ हजार ५ सय, तृतीय हुनेले २ हजार साथमा प्रमाण पत्र प्राप्त गर्नेछन् । कार्यक्रमको प्रत्यक्ष प्रशारण हेर्ने चित्र फेसबुक र युट्युवबाट हुनेछ ।












