संखुवासभा । प्राकृतिक श्रोत द्धन्द्ध रुपान्तरण केन्द्र संखुवासभाको सातौं चरणको बैठक सम्पन्न भएको छ । आइतबार जिल्ला समन्वय समितिको सभाहलमा जिल्ला समन्वय सल्लाहकार समितिको सातौं चरणको बैठक सम्पन्न भएको हो । दिगो शान्तीको लागि उन्नत सम्बन्ध नाराका साथ प्राकृतिक श्रोत द्धन्द्ध रुपान्तरण सातौं चरण शान्तिको लागि संगसंगै कार्यक्रममा केन्द्रको वार्षिक प्रगति समिक्षा तथा भावी योजनाको बारेमा छलफल भएको केन्द्रका सहजकर्ता विष्णु कार्कीले जानकारी दिनुभयो ।

केन्द्रले संखुवासभाका विभिन्न स्थानीय तहहरुमा भएका प्राकृतिक श्रोतमा आधारित जल, जमिन र जंगलका बहुसरोकारवाला विवाद, मेलमिलाप अन्तर्गत अन्तर व्यक्ति विवाद समाधान तथा मेलमिलाप कर्ता उत्पादन गरिरहेको छ ।

कार्यक्रममा जिल्लाका १० स्थानीय तहका उपप्रमुखहरु, जिल्ला समन्वय प्रमुख÷उपप्रमुख, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, नापी कार्यालय, मालपोत कार्यालय, डिभिजन वन कार्यालय, जिल्ला बार एसोशिएशन, जिल्ला अदालत, नेपाल पत्रकार महासंघका पदाधीकारीहरुको उपस्थिति रहेको थियो ।











