उपसभामुख प्रकरणमा रास्वपा : सत्तारुढ दलहरुको आक्रामक प्रतिवादको तयारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपसभामुखबारे सत्तारुढ दलहरुको कदम हेरेर निर्णय लिने बताएको छ । तर यो विषयमा सरोकार रहेको भन्दै प्रतिवादका लागि तयार रहेको बताएको छ ।

अमेरिकी दूताबासलाई लिएर लेखेको पत्रलाई लिएर सत्तारुढ दलहरुले उपसभामुख इन्दिरा राना मगरमाथि प्रश्न उठाएपछि रास्वपाले सचिवालय बैठक बोलाएको थियो ।

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बुधबार बसेको सचिवालय बैठकले पर्ख र हेरको नीति लिने निर्णय गरेको छ ।

कार्यबाहक प्रवक्ता मनिष झाका अनुसार सत्तारुढ दलहरुले के गर्छन् भन्ने प्रष्ट नभइसकेकाले रास्वपाले पनि के गर्ने भनेर औपचारिक निर्णय गरेको छैन । ‘चर्चाको विषय मात्र हो । औपचारिक कदम चालिएको छैन । त्यसैले अहिले छलफल मात्र गरिरहेका छौं’, उनले अगाडि भने, ‘वेट एण्ड बाचमा छौं ।’

यद्यपि यो विषयमा आफूहरुको सरोकार रहेको र जस्तो परिस्थिति आउँछ, त्यसको आक्रामक प्रविवाद गर्न तयार रहेको उनले बताए ।

उनका अनुसार भिसा अन्तर्वार्ताका पत्र लेख्नु गलत भएपनि त्यो सम्वन्धित ठाउँमा दर्ता नै नभएको उनले बताए । साथै १८ महिनासम्म दबाएर राखेर अहिले राजनीतिक दायपेजका लागि प्रयोग गर्न खोजिएको रास्वपाको बुझाइ छ ।

झाको प्रश्न छ, ‘नयाँ गठबन्धन भएपनि सान्दर्भिक भएको हो ?’

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search