रास्वपाको चेतावनी– ‘उपसभामुख रानालाई हटाउने गरी कदम चालिए प्रतिकार गर्छौँ’

काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० ले उपसभामुख इन्दिरा रानालाई हटाउने गरी कदम चालिए प्रतिकार गर्ने चेतावनी दिएको छ । उपसभामुख इन्दिरा रानामाथि सत्ता गठबन्धनले संसद्सँग असम्बन्धित व्यक्तिलाई अमेरिका लैजान लागेको आरोप लगाउँदै राजीनामा माग गरेपछि रास्वपाले आफूहरू प्रतिवाद गर्न तयार रहेको बताएको हो ।

आज सिंहदरबारमा संसदीय दलको कार्यालयमा बसेको सचिवालय बैठकपछि पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले उपसभामुखको कदम गलत भए पनि स्पष्टीकरणको मौका दिनुपर्ने बताउनुभयो । उहाँले १८ महिना अगाडिको प्रकरणलाई अहिले आएर किन निकालिएको हो भनेर सत्तारूढ दललाई प्रश्न गर्नुभयो । आफूहरू पर्ख र हेरको अवस्थामा रहेको कार्यवाहक प्रवक्ता झाले बताउनुभयो ।

यसअघि हिजो बेलुका रास्वपाका सभापति रवि लामिछानेले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटेर उपसभामुख रानाको विषयमा छलफल गर्नुभएको थियो । दुई तिहाइ सरकारको प्राथमिकता अरू धेरै छन् तर उपसभामुखकै बारेमा सोचिरहनुभएको छ भने त्यो घातक हुन्छ भनेर आफूले प्रधानमन्त्रीलाई भनेको लामिछानेले जानकारी दिनुभएको छ ।

उपसभामुख रानाले गएको वर्ष अमेरिकामा हुने एक कार्यक्रममा सहभागी गराउन आफ्नो लेटरप्याडमा केही व्यक्तिलाई सिफारिशसहित दूतावासलाई लेखेको पत्र विवादमा परेको थियो । पत्र गएको साउन पहिलो हप्ता सार्वजनिक भएलगत्तै त्यसै बेला पनि संसद्मा यो विषय उठेको थियो ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search