सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दै, सभामुखले राष्ट्रिय दलका प्रमुख सचेतक र सचेतकसँग छलफल गर्दै

काठमाण्डौ । सभामुख देवराज घिमिरेले राष्ट्रिय दल नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतकरसचेतकलाई छलफलका लागि बोलाउनुभएको छ । छलफल केहीबेरमा सिंहदरबारमा शुरू हुँदैछ ।

प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्रले प्रतिनिधिसभा बैठक अवरोध गर्ने जनाएपछि सभामुख घिमिरेले दलहरूलाई छलफलका लागि बोलाउनुभएको हो । माओवादीले ‘हिंसा’ शब्द नसच्याएसम्म बैठक अवरुद्ध गर्ने जनाएको छ ।

भदौ १२ गतेको प्रतिनिधिसभा बैठकमा एमाले सांसद योगेशकुमार भट्टराईले माओवादी जनयुद्धलाई हिंसाको टिप्पणी गर्नुभएको थियो । संसद् सचिवालयको परामर्श लिएर सभामुख घिमिरेले गएको बुधवार बसेको बैठकमा ‘हिंसा’ शब्द असंसदीय नभएको रुलिङ गर्नुभएको थियो । सभामुखले हिंसा शब्द अभिलेखबाट हटाउन नपर्ने निर्णय लिएपछि प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रले संविधान र कानून विपरीत शब्द प्रयोग भएको भन्दै आपत्ति जनाउँदै आएको छ ।

सङ्घीय संसद्को दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजेका लागि र राष्ट्रिय सभाको बैठक १ बजेर १५ मिनेटमा बस्नेगरी बोलाइएको छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search