गोरखामा भएको दुर्घटनामा नेपाली सेनामा कार्यरत सुरेन्द्र राईको ज्यान गयो

काठमाण्डौ । गोरखाको गोरखा नगरपालिका–९ दलभञ्ज्याङमा टिपर र मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा रहेका नेपाली सेनामा कार्यरत एक जनाको ज्यान गएको छ । अर्का एक सैनिक घाइते भएका छन् ।

हिजो बेलुका भएको दुर्घटनामा गम्भीर घाइते भएका इलाम घर भई गोरखामा कार्यरत २६ वर्षका सुरेन्द्र राईको उपचारका क्रममा गोरखा अस्पतालमा ज्यान गएको हो । दुर्घटनामा गम्भीर घाइते भएका सङ्खुवासभा घर भएका जनम राईलाई थप उपचारका लागि काठमाण्डौ रिफर गरिएको छ ।

सुरेन्द्र र जनम नेपाली सेनाको रिपूमर्दन गण गोरखामा कार्यरत रहेका जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक (डीएसपी)रमेशकुमार श्रेष्ठले जानकारी दिनुभयो । ग १ क ५६५४ नम्बरको टिपर र बा ७० प २८७१ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search