ताप्लेजुङमा मध्यराति भूकम्पको धक्का

ताप्लेजुङ । ताप्लेजुङमा मध्यराति भूकम्पको धक्का महसूस भएको छ । ताप्लेजुङको ल्होनाक आसपास केन्द्रविन्दु भएर भूकम्प गएको हो ।

गएराति १२ बजेर ८ मिनेटमा ४ दशमलव ६ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्र लैनचौरले जनाएको छ ।

यसअघि गएको भदौ १८ गते सिन्धुपाल्चोकको शिखरपुर आसपास केन्द्रविन्दु भएर ४ दशमलव २ म्याग्निच्युडको भूकम्प गएको थियो ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search