काभा महिला भलिबल क्लब च्याम्पियनशिपमा नेपाल र श्रीलङ्का खेल्दै

काठमाणडौ । काभा महिला भलिबल क्लब च्याम्पियनशिपमा आज पुलिस क्लबले श्रीलङ्काको पुलिस क्लबसँग खेल्दैछ । माल्दिभ्सको मालेमा हुने यो खेल नेपाली समयअनुसार दिउँसो सवा २ बजे शुरु हुनेछ । यसअघि हिजोदेखि शुरु भएको खेलमा नेपाल पुलिस क्लबले विजयी शुरुवात गरेको छ ।

पुलिसले उज्वेकिस्तानको हुमो क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । अब तेश्रो खेलमा भोलि मङ्गलवार ताजकिस्तानको क्लब र चौथो तथा समूह चरणको अन्तिम खेलमा आउने बिहिवार माल्दिभ्सको क्लबसँग खेल्नेछ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search