पलेशा र प्रशिक्षक लामालाई काठमाण्डौ महानगर–८ को सम्मान

काठमाण्डौ । पेरिस पारा ओलम्पिकमा कांस्य पदक विजेता पलेशा गोवर्धन र प्रशिक्षक कविराज नेगी लामालाई काठमाण्डौ महानगरपालिकाको वडा नम्बर ८ ले नगदसहित सम्मान गरेको छ । हिजो एक कार्यक्रमकाबीच वडा नम्बर ८ ले जनही ५१ हजार रुपैयाँसहित पलेशा र प्रशिक्षक लामालाई सम्मान गरेको हो ।

सम्मान कार्यक्रममा वडाध्यक्ष आशामान सङ्गतले पलेशाले नेपालको पहिचानको उचाइ बढाउन गरेको योगदान अतुलनीय रहेको भन्दै यो सबै नेपालीको जीत भएको बताउनुभयो ।

पलेशाले पेरिस पारा ओलम्पिकमा तेक्वान्दोको के–४४ विधाअन्तर्गत महिला ५७ केजीमुनिको प्रतिस्पर्धामा सर्बियाकी खेलाडीलाई हराउँदै ऐतिहासिक पदक जितेकी थिइन् ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search