संखुवासभाको खाँदबारीमा असोज १७ गते खाँदबारी रन प्रतियोगीता हुने भएको छ । खाँदबारी युथ क्लब खाँदबारीको आयोजनामा प्रतियोगिता हुनेछ । पर्यटन प्रवर्दन भन्ने मूल नाराका साथ प्रतियोगिता सञ्चालन हुने भएको आयोजकले जनाएको छ ।
प्रतियोगीतामा प्रथम हुनेले १० हजार, द्धितीयले ७ हजार र तृतीय हुनेले ५ हजार साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् । विभागीय, खुल्ला पुरुष र महिलाबिच हुने प्रतियोगितामा १८ वर्ष माथिकाले सहभागीता जनाउने छन् ।
विभागीय टिमका प्रतियोगीले १० किलोमिटर पार गर्नुपर्ने छ भने खुल्ला पुरुष र महिला प्रतिस्पर्धीले ६ किलोमिटरको दूरी पार गर्नुपर्ने छ ।











