सङ्खुवासभामा २ वटा भ्यान ठोकिँदा १२ जना घाइते

सङ्खुवासभा । सङ्खुवासभाको खाँदबारी–तुम्लिङटार कोशी राजमार्ग सडक खण्डमा दुई वटा भ्यान ठोकिँदा १२ जना घाइते भएका छन् ।

आज दिउँसो पौने ३ बजेतिर खाँदबारी नगरपालिका–९ को कार्की टोलमा दुई वटा भ्यान ठोकिँदा चालकसहित १२ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक रामकुमार लामिछानेले बताउनुभयो । घाइतेहरूको उपचार भइरहेको छ ।

एउटा भ्यानका चालक मकालु गाउँपालिका–५ का ४५ वर्षीय लाक्पा गुरुङलाई प्रहरीले पक्राउ गरको छ । अर्को भ्यानका चालक भोजपुर षडानन्द नगरपालिका–८ का रितेश श्रेष्ठ घाइते भएकोमा उपचार भइरहेको छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search