संखुवासभा । संखुवासभाको मकालु गाउँपालिकामा २ दिन देखि टेलिफोन सेवा अवरुद्ध भएको छ । अविरल बर्षाका कारण मकालुमा विहिबारबाट टेलिफोन सेवा अवरुद्ध भएको हो । यस्तो विपत्को समयमा नेटवर्क नहुदा सूचना आदानप्रदान गर्न असहज भएको स्थानीयहरु बताउँछन ।
भौगोलिक रुपमा दुर्गम मकालुमा निरन्तरको वर्षाको कारण घाम नलागेपछि नजिकैका टेलिकमका टावरले काम गर्न छाडेको छ । यतिबेला मकालुसहित भोटखोला गाउँपालिकामासमेत विध्युत र सन्चार दुवै सेवा ठप्प छ ।











