कांग्रेसले बाढी पीडितका लागि सरकारलाई ५० लाख रुपैयाँ सहयोग गर्ने

काठमाण्डौ । सत्तारूढ दल नेपाली कांग्रेसले बाढी पीडितका लागि सरकारलाई ५० लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।

सभापति शेरबहादुर देउवाको निवासमा आज बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले वर्षाका कारण धेरै ठूलो जनधनको क्षति भएको र पीडितको राहत एवम् उद्धारका लागि ५० लाख रुपैयाँ विपद् राहत कोषमा जम्मा गर्ने निर्णय गरेको प्रवक्ता प्रकाशशरण महतले बताउनुभयो । उहाँले ५० लाख रुपैयाँ सहयोग गर्न कांग्रेस सांसदहरूले १५ दिनको तलब उपलब्ध गराउने पनि निर्णय भएको बताउनुभयो ।

प्रवक्ता महतले विपद्जन्य घटनाप्रति दुःख व्यक्त गर्दै बेपत्ता भएकाहरूको खोजी तीव्र गर्न र घाइतेको निःशुल्क उपचार चाँडोभन्दा चाँडो गर्न पनि सरकारसँग आग्रह गरेको छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search