जिल्ला प्रशासन कार्यालय गुल्मीमा सेवाग्राहीको चाप, नागरिकता र राहदानी बनाउन २ दिन पालो पर्खनुपर्ने

गुल्मी । जिल्ला प्रशासन कार्यालय गुल्मीमा सेवाग्राहीको चाप बढेको छ । दशैँरतिहारको अवसरमा चाडपर्व मनाउनका गाउँघर आएकाहरूले त्यही मौका पारेर सरकारी कार्यालयबाट सेवा लिने भएकाले यति बेला जिल्ला प्रशासन कार्यालयमा सेवाग्राहीको चाप बढेको हो ।

भीड बढेपछि व्यवस्थापन गर्न थप समस्या भएको सम्बन्धित निकायको भनाइ छ । प्रशासन कार्यालयमा सेवाग्राहीको भीड बढेसँगै राति अबेर ९ बजेसम्म सेवा प्रवाह गर्दै आएको गुल्मीका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले बताउनुभएको छ ।

प्रशासन कार्यालयले पछिल्लो दिनको टोकनसमेत अघिल्लो दिनमा नै वितरण गर्न थालेको छ । गाउँ–गाउँबाट गाडी भाडामा लिएर सेवा लिन आउने क्रम बढेपछि कार्यालयमा नागरिकता र राहदानी बनाउनका लागि दुई दिनसम्म पालो पर्खनुपर्ने बाध्यता छ ।

दैनिक सरदर ४० देखि ६० वटासम्म नागरिकता वितरण र राहदानीको फाराम भर्ने काम हुँदै आएको जिल्ला प्रशासन कार्यालयमा अहिले दैनिक तीन सय ५० भन्दा बढी नागरिकता बनाउने र राहदानीको फाराम भर्ने गरिन्छ ।

यस्तै प्रशासन कार्यालयमा राष्ट्रिय परिचपत्रका लागि पनि उत्तिकै भीड लाग्ने गरेको सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले बताउनुभयो ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search