काठमाण्डौ । सरकारले असोज दोस्रो हप्ताको बाढी, पहिरो र डुबानका कारण ज्यान गुमाएकाहरुको परिवारलाई राहत रकम वितरण गरेको छ । विपद्मा परी ज्यान गएका दुई सय ३८ जना जनामध्ये दुई सय २६ जना मृतकका परिवारलाई गरी पाँच करोड ४६ लाख रुपैयाँ वितरण राहत रकम प्रदान गरेको गृह मन्त्रालयका प्रवक्ता एवम् सहसचिव ऋषिराम तिवारीले जानकारी दिनुभयो ।
१२ जना मृतकको पारिवारिक विवरण यकिन नभएको, हकदार नभएको, कागजात मिलाउन बाँकी रहेको जस्ता कारण वितरण गर्न बाँकी रहेको मन्त्रालयले जनाएको छ । सरकारले प्रति मृतक दुई लाख रुपैयाँका दरले रकम वितरण गरेको हो । काभ्रेमा ज्यान गुमाएका ७९ मध्ये ७८, ललितपुरका ४६ मध्ये ४५, धादिङका ३६, काठमाण्डौका १९, पाँचथर, मकवानपुर, सिन्धुपाल्चोक र दोलखाका सात÷सात जना मृतक परिवारले राहत पाएका छन् ।
त्यस्तै सोलुखुम्बुका पाँच, भक्तपुर र रौतहटका चाररचार, सर्लाही र सिन्धुलीका तीनरतीन, झापा, महोत्तरी र रुपन्देहीका दुई-दुई, इलाम, धनकुटा, उदयपुर, ओखलढुंङ्गा, रामेछाप, सप्तरी र सिरहाका एकरएक जना मृतक परिवारलाई पनि राहत रकम दिइएको गृह मन्त्रालयले जनाएको छ । विपदका परी हराएका १८ जनाकोअ बस्था अझै थाहा हुन सकेको छैन ।











