अरुण भ्याल्ली फुटवल प्रतियोगिताको आजको खेलमा सेकाहा र सभापोखरी बिजयी

संखुवासभाको खाँदबारी ३ मानेभञ्ज्यांङ्गमा अरुण भ्याल्ली फुटवल प्रतियोगिता हिजोबाट शुरु भएको छ । कार्तिक १२ गतेसम्म संचालन हुने नवौं अरुण भ्याल्ली फुटवल प्रतियोगितामा जिल्ला र बाह्य जिल्लाका गरि १२ टिमको सहभागिता रहेको आयोजक एडभान्स क्लवले जनाएको छ ।

प्रमुख अतिथी तथा खाँदबारी नगरपालिकाका प्रमुख महेश थपलियाबाट उद्घाटन गरिएको प्रतियोगिताको पहिलो खेलमा सेकाहा सामुदायिक बिकास क्लबले खाँदबारी युथ क्लबलाई हराएको थियो भने दाश्रो खेलमा सभापोखरीले तिनपोखरी क्लबलाई पराजित गरेको थियो ।

हिजोदेखि ६ दिनसम्म संचालन हुने प्रतियोगितामा बिजेता हुने टिमले नगद रु दुई लाख प्राप्त गर्नेछ भने उपबिजेता टिमले नगद रु एक लाख प्राप्त गर्ने क्लवका अध्यक्ष जिल्लामान राईले जनाए ।

एडभान्स क्लवले नियमित रुपमा बर्षौंदेखि यस फुटवल प्रतियोगितालाई निरन्तरता दिँदै आएको छ । प्रतियोगितामा खेलका अतिरिक्त ख्यातिप्राप्त कलाकारहरुको मनोरञ्जनात्मक प्रस्तुती समेत रहने क्लवले जनाएको छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search