काठमाण्डौमा कलाकार रमेश दुलालबाट काग सम्मेलन

काठमाण्डौ । काग तिहारको दिन आज बिहान कलाकार रमेश दुलाल ९कागे० ले काठमाण्डौमा २१ औँ काग सम्मेलन गर्नुभएको छ ।

विभिन्न जीवजन्तुको दुरुस्त आवाज निकाल्न सक्ने इलामका कलाकार दुलालले अघिल्ला वर्षहरूमा झैँ यो वर्ष पनि कागहरूलाई भेला गराएर सम्मेलन गर्नुभएको हो ।

राष्ट्रिय सङ्गीतकर्मी सङ्घ, केन्द्रीय समिति तथा ग्रीनसिटी अस्पताल बसुन्धाराको सह–आयोजनामा नारायणहिटी अगाडि भएको सम्मेलनमा उहाँले कागको जस्तै आवाज निकालेर सयौँ कागलाई भेला गराउनुभयो ।

उहाँले कागसँग उसको भाषा बुझेर मलाई आपत् पर्‍यो भन्दै सहयोग मागेर बोलायो भने काग आफुतिर आउँने बताउनुभयो । कागको स्वभावअनुसार बोलाउँदा काग तिहारको बिहान आज कागलाई भेला गर्न सकिएको उहाँको भनाइ छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search