आज देशका धेरै ठाउँको मौसम सफा

काठमाण्डौ । देशका धेरै ठाउँको मौसम आज सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार पश्चिमी वायुका साथै पहाडी क्षेत्रमा स्थानीय वायुको पनि आंशिक प्रभाव रहेकोले पहाडी क्षेत्रमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम सफा रहने छ ।

बेलुकीपख भने कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी क्षेत्रका केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् सन्जिव अधिकारीले बताउनुभयो ।

तिहारको लागि विशेष जानकारीसहितको मौसम बुलेटिन भने आज दिउँसो निकाल्ने तयारी रहेको उहाँको भनाइ छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search