तिहारका मुख्य दिनमा पहाडी भेगका केही ठाउँमा सामान्य वर्षाको सम्भावना

काठमाण्डौ । तिहारका मुख्य दिनमा कोशी, बाग्मती, गण्डकी र कर्णाली प्रदेशका केही ठाउँमा सामान्य पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले तिहार विशेष मौसम बुलेटिन निकालेर तिहारको मुख्य दिन भोलिदेखि १९ गते भाइटीकाको दिनसम्म केही ठाउँमा सामान्य वर्षाको सम्भावना रहेको जनाकारी गराएको हो । उच्च पहाडी भेगका केही ठाउँमा सामान्य हिमपातको सम्भावना पनि छ । बाँकी ठाउँमा भने मौसम सफा रहने महाशाखाले जनाएको छ ।

समग्रमा धेरैजसो ठाउँको मौसम सफा रहने छ । तापक्रम भने घट्दो क्रममा रहने महाशाखाले जनाएको छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search