सुनको भाउ आज तीन सय रुपैयाँले बढ्यो

काठमाण्डौ । सुनको भाउ आज तोलामा तीन सय रुपैयाँले बढेको छ । हिजो तोलाको एक लाख ६८ हजार दुई सय रुपैयाँ रहेको सुनको भाउ आज तीन सय रुपैयाँले बढेर एक लाख ६८ हजार पाँच सय रुपैयाँ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यही कात्तिक १५ गते सुनको भाउ अहिलेसम्मकै उच्च तोलामा एक लाख ७१ हजार रुपैयाँ रहेको थियो ।

यस्तै आज चाँदीको भाउ भने घटेको छ । आज चाँदी १५ रुपैयाँले घटेर तोलाको दुई हजार १५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search