झिलिमिली बत्ती निकाल्ने क्रममा करेन्ट लागेर दाङमा किशोरको ज्यान गयो

दाङ । दाङमा झिलिमिली बत्ती निकाल्ने क्रममा करेन्ट लागेर एक जनाको ज्यान गएको छ । करेन्ट लागेर तुलसीपुर उपमहानगरपालिका–१८ बिजौरीका १६ वर्षीय किशोर श्रेष्ठको ज्यान गएको प्रहरीले जनाएको छ ।

तिहारको समयमा राखिएको झिलिमिली बत्ती निकाल्ने क्रममा आज बिहान करेन्ट लागेर उनी अचेत भएका थिए । उनलाई उपचारका लागि बिहान ११ बजेतिर तुलसीपुरमा रहेको राप्ती प्रादेशिक अस्पताल पुर्‍याउनासाथ डाक्टरले मृत घोषणा गरेका इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता एवम् प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभयो ।

झिलिमिली बत्ती निकाल्ने क्रममा किशोरको बाया हात र दाया खुट्टामा करेन्ट लागेको थियो ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search