वेस्ट इन्डिजका तीव्र गतिका बलर जोसेफ दुई खेलका लागि निलम्बनमा परे

वेस्ट इन्डिजका तीव्र गतिका बलर अल्जारी जोसेफ दुई खेलका लागि निलम्बनमा परेका छन् । इङ्गल्यान्डसँगको तेस्रो तथा अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा अनुशासन विपरीत कार्य गरेको भन्दै वेस्ट इन्डिज क्रिकेट बोर्डले जोसेफलाई दुई खेलका लागि निलम्बर गरेको क्रिकेटसम्बन्धी जानकारी दिने बेबसाइट क्रिकइन्फोले जनाएको छ ।

बार्बाडोसमा भएको खेलका क्रममा ‘फिल्डिङ पोजिशन’ लाई लिएर तीव्र गतिका बलर जोसेफले कप्तान शाई होपसँग विवाद गरेका थिए । कप्तानसँग असन्तुष्ट भएका जोसेफ आफ्नो ओभर पूरा गरेर मैदानबाहिर गएका थिए । जोसेफ केही समयपछि फेरि मैदानमा आएका थिए ।

वेस्ट इन्डिज क्रिकेट बोर्डले उनको यो व्यवहारलाई अशोभनीय भनेको छ । जोसेफले आफ्नो यो व्यवहारका लागि माफी मागिसकेका छन् ।

इङ्गल्यान्डसँगको तेस्रो खेल जित्दै वेस्ट इन्डिजले एकदिवसीय शृङ्खला २–१ ले जितेको थियो ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search