काठमाण्डौ । आईसीसी १९ वर्षमुनिको महिला टी–२० विश्वकप एशिया छनोटमा नेपालले कुवेतलाई रनको लक्ष्य दिएको छ । यो १९ वर्षमुनिको नेपाली महिला टोलीले बनाएको अहिलेसम्मकै धेरै रन हो ।
यूएईको सेभेन्स स्टेडियममा टस जितेर ब्याटिङ गरेको नेपालले २० ओभरमा २ विकेट गुमाएर २ सय १३ रन बनायो । नेपालकी कप्तान पूजा महतोले कीर्तिमानी शतक बनाइन् । ५७ बलमा शतक बनाएकी पूजा ६९ बलमा १ सय ३० रन जोड्दै नटआउट रहिन् । पूजा १९ वर्षमुनिको महिला टोलीका लागि अन्तर्राष्ट्रिय शतक बनाउने पहिलो खेलाडी बनिन् । यसअघि यस्तै सोनी पाख्रिनले नटआउट ४२ रन बनाइन् ।











