मकवानपुर । गएको असोज ११ र १२ गते आएको बाढी पहिरोले मकवानपुरमा एक अर्ब ६९ लाख ३५ हजार सात सय ३५ रुपैयाँ बराबरको धनमालको क्षति भएको छ ।
१० पालिकामध्ये सबैभन्दा धेरै इन्द्रसरोवर गाउँपालिकामा मानवीय र भौतिक क्षति भएको सहायक प्रमुख जिल्ला अधिकारी घोलकराज ढकालले बताउनुभयो ।
बाढी पहिरोमा परी इन्द्रसरोवर गाउँपालिकामा ६, मनहरी गाउँपालिकामा दुई, मकवानपुरगढीमा एक र बाग्मती गाउँपालिकामा एक गरी १० जनाको ज्यान गएको छ । यस्तै थाहा नगरपालिकामा दुई, भीमफेदी गाउँपालिका, मकवानपुरगढी गाउँपालिका, बकैयाँ गाउँपालिका र बाग्मती गाउँपालिकामा एकरएक जना गरी ६ जना घाइते भएका छन् ।











