काठमाण्डौ । खुट्टा बाँधिएको अवस्थामा भक्तपुरमा महिला मृत फेला परेकी छिन् । भक्तपुर नगरपालिका–३ दरबारस्क्वायर इछुगल्ली बस्ने ४९ वर्षीया विष्णुकुमारी त्वयना घरमै मृत फेला पर्नुभएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
घरको चौथो तलामा एक्लै बस्दै आउनुभएकी विष्णुकुमारी कपडाले दुवै खुट्टा बाँधिएको अवस्थामा मृत फेला पर्नुभएको परिसरका प्रहरी नायब उपरीक्षक एवम् सूचना अधिकारी ढुण्डीराज नेउपानेले जानकारी दिनुभयो ।
घटनास्थलमा जिल्ला प्रहरी परिसरबाट अनुसन्धान अधिकृतसहितको प्रहरी टोली, केनाइनबाट कुकुरसहितको प्रहरी टोली र अपराध शाखा भक्तपुरबाट प्रहरी टोली खटिएको थियो । संयुक्त प्रहरी टोलीले घटनाको प्रारम्भिक अनुसन्धान गरी शव पोस्टमार्टमका लागि काठमाण्डौ मेडिकल कलेज भक्तपुर पठाएको छ ।











