श्रीलङ्काको संसदमा वामपन्थी गठबन्धनलाई दुई तिहाइ

श्रीलङ्काको संसदमा वामपन्थी गठबन्धनले दुई तिहाइ सिट जितेको छ । राष्ट्रपति अनुरा कुमारा दिशानायकेको पार्टीले नेतृत्व गरेको वामपन्थी गठबन्धनले खसेको कुल मतमध्ये झण्डै ६३ प्रतिशतसहित संसदमा एकल बहुमत बनाएको हो । हिजो भएको मतदानमा ६५ प्रतिशत मत खसेको थियो ।

पछिल्लो गणनाअनुसार दिसानायकेको राष्ट्रिय जनशक्ति ९एनपीपी० विपक्षी गठबन्धन समगी जन बलवेगया ९एसजेबी० भन्दा धेरैले अगाडि छ । दुई सय २५ सदस्यीय संसदमा एनपीपीले अहिलेसम्म एक सय २३ सिट जितेको छ ।

श्रीलङ्काको संसदमा एक सय ९६ जना प्रत्यक्ष निर्वाचित हुन्छन् भने २९ जना समानुपातिक प्रक्रियाबाट चयन गरिन्छ । बहुमतका लागि एक सय १३ सिट आवश्यक पर्छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search