कोप–२९ मा सहभागी भएर राष्ट्रपति पौडेल स्वदेश फिर्ता

काठमाण्डौ । राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजानको बाकुमा चलिरहेको जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसङ्घीय सम्मेलन कोप–२९ मा सहभागी भएर आज बिहान स्वदेश फर्किनुभएको छ ।

राष्ट्रपति पौडललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रिय सभाअध्यक्ष, उपसभामुखलगायत उच्च पदस्थ अधिकारीले स्वागत गर्नुभयो ।

अजरबैजानका राष्ट्रपति इल्हम अलियेभको निमन्त्रणामा सम्मेलनमा सहभागी हुन राष्ट्रपति पौडेल नेतृत्वको प्रतिनिधिमण्डल गएको कात्तिक २५ गते बाकु प्रस्थान गरेको थियो ।

कात्तिक २६ देखि शुरु भएको कोप–२९ सम्मेलन आउँदो मङ्सिर ७ गतेसम्म चल्नेछ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search