झापामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

झापा । हात्तीको आक्रमणमा परी झापामा एक जनाको मृत्यु भएको छ । हात्तीले आज बिहान आक्रमण गर्दा दमक नगरपालिका–३ दिपज्योति टोलका ४५ वर्षीय मीनबहादुर भण्डारीको मृत्यु भएको हो ।

जिल्ला वन कार्यालयका प्रमुख मेघराज राईका अनुसार छिमेकी सुविन भट्टराईको घर हात्तीले भत्काउन थालेपछि त्यसलाई धपाउ खोज्दा भण्डारी आक्रमणमा परेका हुन् । उनको घटनास्थलमा नै मृत्यु भएको हो ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search