काठमाण्डौ । आज सुनको भाउ एक हजार एक सय रुपैयाँले बढेको छ । सुनको भाउ एक हजार एक सय रुपैयाँले बढेर आज तोलाको एक लाख ६२ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
केही दिनदेखि लगातार घटेको सुनको भाउ हिजो तोलामा एक हजार रुपैयाँ र आज तोलामा एक हजार एक सय रुपैयाँले बढेको हो ।
यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदी आज ३५ रुपैयाँले बढेर तोलाको एक हजार नौ सय ५५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।











