सभामुख घिमिरेलाई कम्बोडियन संसदले दियो ‘गार्ड अफ अनर’

काठमाडौं । कम्बोडियन संसदले सभामुख देवराज घिमिरेलाई ‘गार्ड अफ अनर’ दिएको छ । नेपालको शान्ति प्रक्रियामा प्राप्त गरेको सफलता र संसदबाट हालै संक्रमणकालीन न्याय सम्बन्धी कानुन पारित गरेको भन्दै सभामुख घिमिरेलाई कम्बोडियन संसदले गार्ड अफ अनर दिएको हो ।

सभामुख घिमिरे हाल कम्बोडिया भ्रमणमा छन् । भ्रमणका क्रममा सभामुख घिमिरेले कम्बोडियन समकक्षी तल्लो सदन नेसनल एसेम्ब्लीका अध्यक्षसँग शिष्टाचार भेट गरेका छन् ।

भेटमा द्विपक्षीय हित, नेपालको शान्ति प्रक्रियाको प्रगति, संसदीय आदान प्रदान लगायतका विषयमा छलफल भएको सभामुख घिमिरेको सचिवालयले जनाएको छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search