एनपीएल ट्रफीको मुख्य आकर्षण कालापत्थरको ढुंगा

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को ट्रफी आज अनावरण गरिएको छ । धरहरा परिसरमा आज बिहान आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले एनपीएलको ट्रफी अनावरण गरेका हुन् ।

एनपीएलको ट्रफीको मुख्य आकर्षण सगरमाथाको आधार शिविर कालापत्थरको ढुंगा रहेको नेपाल क्रिकेट संघ ९क्यान०का सचिव पारस खड्काले जानकारी दिए । यो ट्रफीमात्र नभई विश्वलाई हिमाल संरक्षण गर्ने सन्देश समेत रहेको उनले बताए ।

आरोहीद्वय निमा शेर्पा र मिङ्मा शेर्पाले एनपीएलको ट्रफीमा प्रयोग गरिएको ढुंगा ल्याएका थिए । ट्रफी अनावरण कार्यक्रममा उनीहरुलाई खादा ओढाएर सम्मानसमेत गरिएको छ ।

एनपीएलको पहिलो संस्करण यही मंसिर १६ गतेदेखि सुरु भई पुस ६ गते सम्पन्न हुने छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search