सुन बिक्रीको सिन्डिकेट हटाउन सर्वोच्च अदालतको अन्तरिम आदेश

काठमाण्डौ । सर्वोच्च अदालतले वाणिज्य बैंकहरूले आयात गर्ने सुन बिक्रीमा हुँदै आएको सिन्डिकेट हटाउन अन्तरिम आदेश दिएको छ ।

सुन खरिदका लागि सुनचाँदी व्यवसायी महासङ्घसहितका सङ्घ/महासङ्घको सदस्यता हुनुपर्ने व्यवस्थाका विरुद्ध परेको रिटमा सुनुवाइ गर्दै न्यायाधीशद्वय नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको इजलासलले अन्तरिम आदेश दिएको हो । अब सदस्य नभएका व्यवसायीहरूले पनि सिधै वाणिज्य बैंकमार्फत सुन खरिद गर्न पाउनेछन् ।

सर्वोच्चले राष्ट्र बैंकको नाममा जारी गरेको अन्तरिम आदेशमा सुन आयात तथा बिक्री वितरणसम्बन्धी कार्यविधि २०६८ ले तोकेको अरू कार्यविधि पूरा गरेको अवस्थामा व्यवसायीहरूलाई सङ्घ/सङ्गठनमा आबद्ध नभए पनि सुन खरिद गर्न नरोक्न भनेको छ ।

यसअघि सुन खरिदका लागि सुनचाँदी व्यवसायी महासङ्घसहितका सङ्घ/महासङ्घको सदस्यता हुनुपर्ने र नभएको अवस्थामा सुन नपाइने अवस्था थियो । यही व्यवस्थाविरुद्ध श्री रिद्धिसिद्धि ज्वेलर्सको तर्फबाट अख्तियार प्राप्त सागर ढुङ्गानाले रिट दायर गर्नुभएको थियो ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search