रसुवागढी नाकामा ढुवानी कन्टेनरको चाप बढ्दो

रसुवा । केरूङबाट मालसामान बोक्ने मालवाहक कन्टेनरको चाप दिनानुदिन बढ्न थालेको छ । चिनियाँ सामग्री आयातका लागि दैनिक रूपमा दुई दर्जनभन्दा बढी कन्टेनर केरुङ जाने गरेको सीमासुरक्षाकर्मीले जनाएका छन् ।

स्याउ, लसुन, अदुवा, स्याउपाति, ओखर तथा चप्पल, तयारी पोशाक तथा विद्युतीय सामान, नेपालमा निर्माणाधीन जलविद्युत् आयोजनाका उपकरण, खेलौना गरी विविध प्रकारका मालसामान आयात हुने गरेको र त्यस्ता वस्तु बोकी आएका दुई सयभन्दा बढी कन्टेनर भन्सार प्रकृयामा रहेको रसुवा भन्सार कार्यालय टिमुरेले जनाएको छ ।

प्रमुख भन्सार अधिकृत तुलसीप्रसाद भट्टराईका अनुसार गाडीका हकमा रसुवागढी नाकाबाट सबैभन्दा बढी विद्युतीय अर्थात ईभी आयात हुने गरेको छ ।

चालु आर्थिक वर्षको गएको साउनदेखि मङ्सिर मसान्तसम्म सानाठूला गरी तीन हजार गाडी रसुवागढी नाकाबाट नेपाल भित्रिएको छ । सडकमार्ग मर्मत हुन नसक्दा मालवाहक गाडी सञ्चालनमा निकै असहज हुने गरेको चालकहरुले बताएका छन् ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search