बाँके राष्ट्रिय निकुञ्जमा बाघ र आहारा प्रजातिको सर्वेक्षण शुरू

बाँके । बाँके राष्ट्रिय निकुञ्जमा बाघ र बाघको आहारा प्रजातिको सर्वेक्षण शुरू भएको छ । झन्डै दुई महिनासम्म हुने सर्वेक्षणबाट बाघको सङ्ख्या, बसोबास क्षेत्र र आहारा प्रजातिको अवस्थाको विस्तृत जानकारी प्राप्त हुने बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत वीरेन्द्र कँडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार क्यामेरा ट्र्यापिङ, चिह्न पहिचान र डीएनए परीक्षण प्रविधिको प्रयोगमार्फत सर्वेक्षण शुरू भएको हो । निकुञ्जमा रहेका बाघको सङ्ख्या, बसोबास क्षेत्र र आहारा प्रजातिको अवस्थाबारे जानकारी हुने भएकाले त्यसबाट आउँदो कार्ययोजना बनाउन सहज हुन्छ । बाघको आहारा प्रजातिमा बाँके राष्ट्रिय निकुञ्जमा चित्तल, बँदेल, चौका, निलगाई, जरायोलगायत पर्छन् ।

२० जना प्राविधिक कर्मचारी ८० दिनसम्म जङ्गलमै बसेर काम गर्ने बाँके राष्ट्रिय निकुञ्जले जनाएको छ । पछिल्लो समय निकुञ्जको नजिक रहेका बस्तीमा छिरेर बाघले मानिसलाई आक्रमण गर्ने र वन्यजन्तुले घर भत्काउने तथा खाद्यान्न नष्ट गर्ने गरेको स्थानीयवासीले गुनासो गरेका छन् ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search