काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले संवैधानिक आयोग पूर्व कर्मचारीको क्लबजस्तो भएको टिप्पणी गरेका छन् ।
बिहीबार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा जारी संघीय निजामती विधेयकमाथिको छलफलमा उनले यस्तो टिप्पणी गरेका हुन् ।
‘संवैधानिक आयोग पूर्व कर्मचारीको क्लब जस्तो भयो,’ प्रमुख सचेतक घिमिरेले भने, ‘अख्तियारले हेरे पनि निर्वाचन आयोगले हेरे पनि त्यस्तै छ ।’ यसलाई सुधार गर्नुपर्नेमा जोड दिँदै उनले समाधानका लागि संवैधानिक आयोगमा ५० प्रतिशतभन्दा बढी पूर्व कर्मचारी हुन नहुने प्रावधान राख्न सकिने उनले बताए ।