कालीगण्डकीमा बन्यो पक्की पुल

काठमाण्डौ । कालीगण्डकी नदी माथि पक्की पुल बनेको छ । गुल्मी र पर्वत जोड्ने पक्की पुल बनेसँगै दुई वटा प्रदेशका नागरिकलाई सहज बनेको छ ।

लुम्बिनी प्रदेशअन्तर्गत गुल्मीको कालीगण्डकी गाउँपालिका र गण्डकी प्रदेशअन्तर्गत पर्वतको विहादी गाउँपालिका जोड्ने गरी कालीगण्डकी नदी माथि पक्की पुल बनाइएको हो ।

पुल निर्माणपछि दुईवटै प्रदेशका नागरिकमा खुशी थपिएको कालीगण्डकी गाउँपालिका अध्यक्ष बेदबहादुर थापाले बताउनुभयो । कालीगण्डकी नदी माथि पक्की पुल बनेपछि गुल्मी र पर्वतको सदरमुकाम हुँदै अरु जिल्लामा आवतजावतका लागि सडकको दूरीसमेत घटेको छ ।

पक्की पुलले दुई जिल्लाको सडकलाई सहज बनाउँदै आर्थिक उन्नतिसँग जोड्नका लागि थप सहजता पुग्ने विहादी गाउँपालिका पर्वतका अध्यक्ष परविन गुरुङले बताउनुभयो ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search