पाँचखपन नगरपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न

संखुवासभाको पाँचखपन नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । पाँचखपन नगरपालिकाको आयोजना तथा संखुवासभा मल्टिमिडिया प्रा.लिं खाँदबारीको सहजीकरणमा सोमबार वाना सामुदायिक भवनमा कार्यक्रम समपन्न भएको हो ।

नगरप्रमुख विपिन राईको सभापतित्वमा भएको कार्यक्रममा स्थानीय नागरिक, बुद्धीजिवी, राजनैतिक दलका प्रमुख तथा प्रतिनिधि, विषयगत शाखाका प्रमुखहरु, नगर भित्रका सार्वजनिक निकायका प्रमुखहरु, वडा सदस्यहरु, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, नगर उप प्रमुख सुमुना श्रेष्ठको उपस्थितिमा भएको थियो ।

आर्थिक वर्ष २०८१/०८२ मा पुस मसान्तसम्म सञ्चालित कार्यक्रमहरुको बारेमा प्रमुख प्रशासकीय अधिकृत मणिराम खतिवडाले प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा विभिन्न व्यक्तिहरुले प्रश्न गरेका थिए । कार्यक्रममा उठेका गुनासो प्रति प्रमुख प्रशासकीय अधिकृत खतिवडा र नगर प्रमुख राईलाई जवाफ राख्नु भएको थियो ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search