काठमाण्डौ । संसद्का प्रमुख चार दलका मुख्य र प्रमुख सचेतकबीच आज छलफल भएको छ । नेकपा एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा भएको छलफलमा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मुख्य सचेतक र प्रमुख सचेतकहरू सहभागी रहेका थिए ।
संसदीय समितिमा रहेका विधेयकमा साझा धारणा बनाउने विषयमा छलफल भएको एमाले मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिनुभयो । उहाँले संसद्लाई प्रभावकारी बनाउँदै कानून निर्माणलाई तीव्रता दिन एकजुट भएर अघि बढ्ने बारेमा कुराकानी केन्द्रित रहेको बताउनुभयो ।
सरकारले संसद्मा ल्याएका विधेयकहरू संसद्ले पूर्णता नदिँदा वर्षौं ुहोल्डु भएर बस्ने समस्यालाई हल गरेर जान प्रमुख चार दलहरूबीच सहमति भएको बर्तौलाको भनाइ छ ।











