काठमाण्डौबाट यौन दुर्व्यवहारको अभियोगमा इनड्राइभका चालक पक्राउ

काठमाण्डौ । प्रहरीले यौन दुर्व्यवहार गरेको अभियोगमा राइड सेयरिङ सेवा प्रदायक कम्पनी इनड्राइभका एक जना चालकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा चितवनको नारायणी नगरपालिका–४ बस्ने २५ वर्षीय प्रबिन बराल रहेका जिल्ला प्रहरी परिसर काठमाण्डौका प्रवक्ता नवराज अधिकारीले जानकारी दिनुभयो ।

इनड्राइभका चालक बरालले यौन दुर्व्यवहार गरेको भन्ने पीडितको उजुरीका आधारमा हिजो उनलाई काठमाण्डौबाट पक्राउ गरिएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रवक्ता अधिकारीले बताउनुभयो ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search