वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिने भन्दै २९ लाख रुपैयाँभन्दा धेरै ठगी गर्ने ३ जना पक्राउ

काठमाण्डौ । आकर्षक तलबको प्रलोभनमा पारी वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिने भन्दै २९ लाख रुपैयाँभन्दा धेरै ठगी गर्ने ३ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा रौतहटको वृन्दावन नगरपालिका–६ घर भई काठमाण्डौको नागार्जुन नगरपालिका–४ बस्ने ३६ वर्षीय विजय साह, धनुषाको धनुषाधाम नगरपालिका–४ घर भई ललितपुरको महालक्ष्मी नगरपालिका–५ बस्ने ३२ वर्षीया नेहा अधिकारी र धादिङको नेत्रावती डबजोङ गाउँपालिका–५ घर भई ललितपुर महानगरपालिका–२ बस्ने ४७ वर्षीय विवाह घले रहेका छन् ।

विजयले मलेसिया पठाइदिने भन्दै १ जनाबाट ८० हजार, नेहाले बेलायत पठाइदिने भन्दै १ जनाबाट २४ लाख ५० हजार र विवाहले जापान पठाइदिने भन्दै १ जनाबाट ४ लाख रुपैयाँ लिएर सम्पर्कविहीन भएका नेपाल प्रहरीको काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

उनीहरूलाई काठमाण्डौ उपत्यकाका विभिन्न ठाउँबाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको कार्यालयका प्रहरी उपरीक्षक एवम् सूचना अधिकारी काजीकुमार आचार्यले बताउनुभयो ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search