नुम देखि खाँदबारी आउदै गरेको बोलेरो दुर्घटना : २ जना घाईते

मकालु । संखुवासभाको मकालु गाउँपालिका नुमबाट खाँदबारी आउदै गरेको ग १ ज ४९७३ नं को बोलेरो गाडि दुर्घटना हुदाँ २ जना घाईते भएका छन् । आज (शुक्रबार) विहान ७ : ३० बजे कोशी राजमार्ग अन्तर्गत मकालु ५ रानि ढुगां स्थित अनियन्त्रित भई सडकको बायाँ साइडमा अन्दाजि दुई सय मिटर तल गाडी खसेको थियो ।

उक्त गाडि चालकसहित दुई जना सवार रहेको प्रहरी चौकि नुमका प्रहरी सहायक निरिक्षक टेक बहादुर श्रेष्ठले जानकारी दिनु भयो । घाइते हुनेमा संखुवासभा चैनपुर नगरपालिकाका २४ बर्षिय जिबन अधिकारी र खाँदबारी नगरपालिका ११ आङ्लाका कविराज श्रेष्ठ रहेको प्रहरी सहायक निरिक्षक श्रेष्ठले बताउनु भयो । उनिहरुको टाउको र शरीरमा चोट लागेको छ ।

घाइतेलाई उपचारका लागि स्थानिय प्राथमिक स्वास्थ्य केन्द्र नुममा लगिएको थियो भने थप उपचारका लागि वि.पि मेमोरियल अस्पताल धरानमा रेफर गरिएको नुम स्वास्थ्य चौकिका डाक्टर सुधामा राजवंशिने जानकारी दिनुभयो ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search