बैतडीमा जीप दुर्घटना : दुई जनाको ज्यान गयो, चार जना घाइते

बैतडी । बैतडीको सिगास गाउँपालिका–१ माडौँमा आज बिहान भएको जीप दुर्घटना गम्भीर घाइते भएका दुई जनाको ज्यान गएको छ । दुर्घटनामा परेर सिगास गाउँपालिका–१ बैतडीकी १४ वर्षीया जयन्ती धामी र १९ वर्षीया पार्वती धामीको उपचारको क्रममा ज्यान गएको हो ।

त्यस्तै दुर्घटनामा सिगास–१ इराना घर भएका ४० वर्षीया तुलसी धामी, १६ वर्षीया नीरा धामी, १८ वर्षीया कमला धामी र १४ वर्षीया धौली धामी घाइते भएका छन् । उनीहरुको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ । जीपका चालक भने फरार रहेका छन् ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search