प्रेस चौतारीको संखुवासभा अध्यक्षमा चापागाईं

प्रेस चौतारी नेपालको छैटौं जिल्ला अधिवेशनले जनक चापागाईंको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । आज सदरमुकाम खाँदबारीमा सम्पन्न अधिवेशनले चापागाईंको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन गरेको नेकपा एमाले संखुवासभा प्रचार बिभाग प्रमुख नवीन दाहालले जानकारी दिनुभयो ।

समितिको उपाध्यक्षमा दिब्याकुमारी राई सचिवमा रमा चाम्लीङ् राई, सह– सचिवमा देशन राई, कोषाध्यक्ष कल्पना सुबेदी पौडेल, सदस्यहरुमा सुमिता याख्खा, प्रकाश तामाङ, स्वस्तीका राई, मर्कूस राई, कन्चन राई, बिकास बिक, मंगल मेवाहाङ र मोतीराम भण्डारी रहेका छन् ।

प्रेस चौतारी नेपाल संखुवासभाका निवर्तमान अध्यक्ष प्रेम निरौलाको अध्यक्षतामा भएको उद्घाटन समारोहलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथी नेकपा एमालेका जिल्ला उपसचिव तथा जनसंगठन समन्वय संयन्त्रका संयोजक लेखनाथ बुढाथोकीले प्रेस स्वतन्त्रताका पक्षमा ढृणताका साथ अघि बढ्न आग्रह गर्नूहुँदै स्वतन्त्र र निर्भिकतापुर्वक पत्रकारीता मार्फत समाज परिवर्तनका पक्षमा लागेका संचारकर्मीको हितका पक्षमा संधै सकारात्मक सहयोग रहने प्रतिवद्धता जनाउनु भएको थियो । नेपाल पत्रकार महासंघका अध्यक्ष कृष्णराज शाक्यले सहि र तथ्यपरक समाचार संम्प्रेषण मार्फत पत्रकारीतालाई मर्यादित र बिश्वासनीय बनाउन सबै संचारकर्मीहरुले ध्यान पुर्याउनुपर्नेमा जोड दिँनुभएको थियो ।

कार्यक्रममा पत्रकार महासंघ प्रदेश सदस्य ईन्द्र गिरी, प्रेस युनियन जिल्ला सभापति दीपेन्द्र शाक्य, प्रेस सेण्टरका जिल्ला अध्यक्ष अनिष बिष्ट, नेकपा एमालेका कोशी प्रदेश प्रचार बिभाग सदस्य नारायण कटुवालले सबै संगठन बिचको सम्बन्ध सुमधुर रहनुपर्ने धारणा राख्नुहुँदै अवको पत्रकारीता जटिल र चुनौतीपुर्ण रहेकोमा जोड दिनुनुभएको थियो ।

निर्वाचन समिति संयोजक नवीन दाहालले नव निर्वाचित नयाँ कार्यसमितिलाई सफथग्रहण गराउनुका साथै अन्य सबै संगठनसंग मिलेर सत्य र निष्ठापुर्वक पत्रकारीतामा अघि बढ्न आग्रह गर्नूभएको थियो ।

नव निर्वाचित अध्यक्ष जनक चापागाईं नेपाल पत्रकार महासंघ संखुवासभाको कार्यसमिति सदस्यको जिम्मेवारीमा रहनुभएको छ । निर्वाचित भएपछि छोटो मन्तब्य ब्यक्त गर्दै वहाँले आगामी दिनमा नेपाल पत्रकार महासंघलाई थप ससक्त बनाउन भुमिका निर्वाह गर्ने प्रतिवद्धता समेत जनाउनु भएको छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search